विराटनगर । डान्स फिवरको ब्यानरमा निमार्ण भएको नेपाली चलचित्र ‘हैरान’ ले राष्ट्रिय प्रतिभाको खोजी गर्ने भएको छ ।

आगमी जेष्ठ ४ गते देशभरी प्रदर्शनीमा आउने उक्त चलचित्रले देशभरीबाट उत्कृष्ट राष्ट्रिय प्रतिभा खोजी गर्ने भएको हो ।

जसको लागि यही बैशाख २१ गते विराटनगरको शिक्षा दीप कलेजमा पहिलो अडिसन राउण्ड हुने निमार्ण यूनिटले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिए । चलचित्र हैरानकी कार्यकारी निर्मात्री सम्झना पोखरेलले युवा युवतिहरुको प्रतिभालाई प्रत्साहन गर्ने गरी देशको विभिन्न भागमा राष्ट्रिय प्रतिभाको खोजी अभियान शुरु गर्न यस्तो प्रतियोगिता गर्न लागेको जानकारी दिइन् ।

यस प्रतियोगिताको अडिसन २० गते झापाको विर्तामोड, २२ गते हेटौंडा, २३ गते चितवन, २४ गते बुटवल, २५ गते नेपालगञ्ज, २६ गते दाङ, २७ गते पोखरा र २८ र २९ गते काठमाण्डौंमा हुनेछ । अडिसनमा ८ देखि २५ वर्ष उमेरका प्रतिभाहरुले सहभागिता जनाउन सक्नेछन् । उत्कृष्ट प्रतिभावान व्यक्तिहरुले १ लाख नगद सहित डान्स फिवरको व्यानरमा निर्माण हुने चलचित्रमा अभिनय गर्ने मौका डान्स फिवरकी संचालक तथा कार्यकारी निर्मात्री पोखरेलले जानकारी दिईन ।

३ विधामा गरिने छनौट वाट प्रत्येक विधामा प्रथम हुने प्रतियोगिले नगद १ लाख र डान्स फिवरको व्यानरमा बन्ने चलचित्रमा सम्झौता गरिने छ । हरेक विधाका १५ उत्कृष्ठ विजेताले जनही १० हजार नगद र डान्स फिवरको व्यानरमा निर्माण हुने चलचित्रमा विधाअनुसारको मौका प्रदान गरिने छ । छनौट चरणमा प्रतियोगिले एउटा हैरानकै गितमा र अर्को आफुले नै छनौट गरेको गीतमा २÷२ मिनेटमा आफ्नो प्रस्तुति दिईसक्नु पर्नेछ । प्रतियोगिताका निर्णायकको रुपमा चलचित्र हैरानका कलाकार निस्मा घिमिरे, स्वरुपराज आचार्य, निर्मल शर्मा , सत्यराज आचार्य र गम्भिर विष्ट रहने आयोजकले जानकारी दिएको छ ।

चलचित्रको निर्देशन ७ वर्ष उमेरका सौगात विष्टले गरेका छन् । उनले ३४० दिनको उमेरमा नेपाली सेनामाको निर्देशन गरेर गिनिज बुक अफ बर्ड रेकर्ड बनाएका छन् । उनले निर्देशन गरेको यो चलचित्र दोस्रो हो । यस अघि सौगातले ‘लभ यु बाबा’ पहिलो नेपाली चलचित्रको निर्देशन गरेका थिए ।