चक्रघटि/ बराहक्षेत्र नगर सरकारले सरकार संचालनका लागि झण्डै दर्जन कार्यविधि र निर्देशिका पारित गरी राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।
शुक्रबार नगरमा बसेको कार्यपालिका बैठकले बराहक्षेत्र नगरपालिकाको प्रसासकीय कार्यविधि २०७५, कृषि प्रबन्ध सम्बन्धि कार्यविधि २०७५, न्यायिक समितिको कार्यविधिलगायत पारित गर्दै राजपत्र प्रकाशन सम्बन्धि निर्णय गरेको छ ।
कार्यपालिका प्रवक्ता रुद्र दाहालका अनुसार यस्तै अन्य कार्यविधिमा बजार अनुगमन, करारमा व्यवस्थापन गरिने कर्मचारी सम्बन्धि कार्यविधि, ‘घ’ वर्गको निर्माण व्यवसाय सम्बन्धि कार्यविधि, एकीकृत सम्पत्ती कर व्यवस्थापन कार्यविधि, शिक्षा सम्बन्धि एकीकृत कार्यविधि पारित गरिएको छ ।
यो सँगै नगर कार्यपालिकाले स्वीकृत योजना–कार्यक्रम संशोधन, लागत साझेदारी, कोणसभा गर्ने स्थान, सप्तकोशी बाढी पीडित तथा सुकुम्बासी व्यवस्थापन समितिको सिफारिस कार्यान्वयन, खर्च अनुमोदनलगातका विषय नगर कार्यपालिकाले पारित गरेको नगर प्रमुख निलम खनालले जानकारी दिए ।
                    
        
                                        
                                                                                                
        































