वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी जीवन संगीनी यशोदा सुवेदीको सोमबार राती निधन भयो । क्यान्सरबाट पिडित यशोदाको निधन भएसंगै मंगलबार पशुपति आर्यघाटमा अन्तिम संस्कार पनि भईसकेको छ । एक छोरा र एक छोरीको अभिभावक मदनकृष्णले श्रीमतीको किरिया ५ दिन मात्र गर्ने भएका छन् ।

कलाकारहरु समाज परिवर्तनका संवाहक भएकोले पनि सकरात्मक संन्देश दिनको लागि पारिवारिक सहमतीमा नै यशोदाको काजक्रिया १३ दिन नभई ५ दिन मात्र हुने भएको हो ।मदनकृष्णले चलिआएको १३ दिने किरियाबस्ने परम्परालाई परिवर्तन गर्ने हेतुले ५ दिन मात्र किरिया गर्ने भएपछि मृत्यु संस्कारको १३ दिने कर्मलाई छोटो बनाउन अभियान चलाई रहेकाहरुलाई पनि सहयोग पुर्याएको छ ।