इटहरी/ सरकारी विद्यालयमा राज्यको ढुकुटीबाट अरबौ रुपैया खर्चे पनि सरकारी विद्यालयको अवस्था दयानिय हुदै गएको छ । शिक्षकको लापरबाही, अभिभावकको वेवास्ताका कारण वर्षेनी सरकारी विद्यालयको गुणस्तर खस्कदै गएको भन्दै सामाजिक अगुवाहरु चिन्तित बन्न थालेका छन ।
सरकारी विद्यालयमा दिनदिनै घटेको आर्कषणलाई पुनः फर्काउनका लागि अनिवार्य अंग्रेजी शिक्षा लागू गर्नुपर्ने इटहरी १९ का सामाजिक अगुवा सोम निरौलाको तर्क छ । पछिल्लो समयमा सरकारी विद्यालयहरुमा विद्यार्थीहरुको खडेरी लाग्न थाल्नुमा सरकारी शिक्षक दोषी भएको उनको टिप्पणी छ । सरकारी विद्यालयमा अग्रेजी अनिवार्य लागु गरी राजनिति अन्त्य गरे सरकारी विद्यालयमा सुधार आउँने पक्का छ निरौलाले भने ।
अधिकांस सामुदायिक विद्यालयमा प्राथमिक तहका बालबालिकाको संख्या घट्दो दरमा जानुले सरकारी विद्यालयमा विद्यार्थीहरुको संख्या दिनानुदिन घट्दै गईरहेको प्रमाणित हुन्छ यसरी नै इटहरीका तिर्थ कटुवालले भने । शिक्षकको राजनितिले सरकारी विद्यालय चिनिनु थालेको छ पढाई छैन अनि कसरी विद्यालय सुधार्ने ? उनको प्रश्न थियो । सरकारी र शिक्षकको वेवस्ताकै कारण सरकारी विद्यालयको हालत पत्ला भएको उनको निश्कर्ष छ ।
हरियाली विद्यालय, सफा र रमाईलो कक्षा तथा खेलेर सिक्ने वातावरण बनाउन सके विद्यार्थीहरुको संख्या वढ्न सक्ने वताउँछन तरहराका युवा प्रदिप केसी । विद्यार्थीहरुलाई विद्यालय समयभर विद्यालयमा वस्न सक्ने वातावरण वनाई शिक्षामा सुधार ल्याउँनुको विकल्प नभएको वताए । अहिले अधिकांस सरकारी विद्यालयको कक्षाकोठा खाली हुदै गएको भन्दै अबिभावकहरुले पनि यस विषयमा गम्भिर हुनु पर्ने उनको तर्क छ ।
सरकारी खाएका शिक्षकले राजनीतिक दलको झोला बोकेर हिड्ने, कक्षा कोठामा तोकिएको समय नबस्ने, बालबालिकाको सिकाई वृद्धि हुने अतिरिक्त क्रियाकलाप नगराउँनुले पनि सरकारी विद्यालयको स्तर खस्कदै गएको इटहरीका क्रिकट खेलका अगुवा सिपि पौडेलको तर्क छ । अहिले सरकारी विद्यालयहरु विग्रदै गएको भए पनि सरकारी पक्षले ध्यान नदिईरहेको भन्दै सरकार र शिक्षकहरुकैै लापरवार्हीले समस्या आईरहेको वताए ।
भर्खरै तरहरा स्थित ज्ञानर्दण एकेडमीबाट माध्यामिक परिक्षा एसइइ दिएर बसेकी इटहरी २ की आषिका ओझाले सरकारी वेवस्ताको कारण पनि सरकारी विद्यालयमा विद्यार्थीहरु अभाब हुदै गएको तर्क गरिन । उनले भनिन् शिक्षकहरु पनि विद्यार्थीहरु पढेकी पढेनन् भन्दैनन् उनीहरुलाई विद्यार्थीको भविष्य भन्दा तलब आईहाल्छ जे सुकै गरुण भन्ने सोचका कारण पनि सरकारी विद्यलायमा विद्यार्थीहरु जान मान्दैनन् उनको तर्क थियो ।
नेपाल विद्याथी संघका केन्द्रिय सदस्य विद्यार्थी नेता सागर प्रसाईले सरकारी विद्यालयका शिक्षक र विद्यार्थीहरुको तालमेल नमिल्नु समस्या भएको वताए । विद्यार्थीहरु पनि राम्रमी पढ्दैनन् शिक्षकहरु सरकारी काम कहिले जाला घाम भन्दै बसेका छन उनी भन्छन् । सरकारी विद्यालयमा विद्यार्थीहरु घट्दै जानु र सुधार नआउँनुमा अविभाबक पनि दोसी रहेको वताए । सरकारी विद्यालयमा योग्य मेहनती शिक्षकहरु भए केहि हद सम्म सरकारी विद्यालय सुध्रने थियो उनले भने ।