विजयपुर/धरान उपमहानगरपालिकाले १ नम्बर प्रदेशको राजधानि धरानमा राख्न माग गर्दै आईतबार मुख्यमन्त्रीलाई पत्र बुझाएको छ । भौगोलिक,सांस्कृतीक, तथा वातावरणीय हिसाबले १ नम्बर प्रदेशको राजधानि धरान उपयुक्त भएको भन्दै धरान उपमहानगरपालिकाले प्रदेश सरकार समक्ष धरानलाई स्थाई राजधानि घोषणा गर्न माग गरेको हो ।

धरान उपमहानगरपालिकामा मेयर तारा सुब्बाको नेतृत्वमा गएको टोलिले मुख्यमन्त्रीलाई पत्र बुझाएको हो । प्रदेशको स्थायी राजधानि बनाउन धरान उपमहानगरपालिकाले २० बिघा जग्गा उपलब्ध गराउने नगर कार्यपालिकाको निर्णपनि आईतबार नै मेयर सुब्बाले मुख्यमन्त्रीलाई बुझाएका छन् । स्थायी राजधानि सँग प्रदेश सभा भवनकालागि धरान सभागृह उपर्युक्त हुने जानकारी मेयर सुब्बाले मुख्यमन्त्रीलाई दिएका थिए ।

टोलिसँग कुरा गर्दै मुख्यमन्त्री शेरधन राईले राजधानि तोकिदा प्रयाप्त बहस हुने बताए । उनले सबै क्षेत्रलाई समेटेर अगाडी बढ्ने पक्षमा प्रदेश सरकार रहेको उनले बताए । टोलिमा मेयर सुब्बा,पुर्व संसद कृष्णकुमार राई डेपुटी मेयर मञ्जु भण्डारी सुबेदी,एमाले १ नम्बर क्षेत्रिय कमिटी अध्यक्ष इन्द्रबहादुर राई,नगर उपाध्यक्ष नारायण सुबदी,सचिव राजमणी निरौला लगायत रहेका थिए ।