काठमाडौं/ सुनको भाउ यो हप्ता तोलामा ७ सय रुपैयाँ घटेको छ । शुक्रबार सुन तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हप्ताको पहिलो दिन आइतबार तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबारसम्म घटबढ भएन । बुधबार तोलामा २ सय रुपैयाँ घटेको सुनको भाउ बिहीबार ३ सय रुपैयाँ घट्यो ।
शुक्रबार फेरि तोलामा २ सय रुपैयाँ घटेर सुन तोलाको ५७ हजार ८ सय रुपैयाँमा झरेको हो । यस्तै यो हप्ता चाँदी तोलामा ५ रुपैयाँ घटेर ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।