रौतहट/रौतहटका चन्द्रपुर नगरपालिका वडा नं ५ मा रहेको राहुल हार्डवेयर एण्ड फर्निचर उद्योगमा आगलागी भएको छ । स्थानीय व्यापारी प्रविन राखेसाले संचालन गरेको फर्निचर उद्योगमा बुधबार बिहान ६ बजेतिर बिद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।
[caption id="attachment_66300" align="aligncenter" width="1100"]
आगलागी नेपाली सेना,नेपाल प्रहरी,शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा ४ घण्टा पछि आगलागी नियन्त्रणमा आएको थियो । आगलागी नियन्त्रणमा रौतहटको चन्द्रपुर नगरपालिका ,गौर नगरपालिका ,सर्लाहीको हरिऔन नगरपालिका र बाराको जितपुर सिमरा नगरपालिका र कोल्वी नगरपालिकाका पाच वटा वारुण यन्त्र खटाइएको थियो । आगलागीले फर्निचर गोदाममा रहेका सबै प्लाई र काठ जलेर नष्ट भएकाले करोडौंको क्षती भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी शान्तीराज कोईरालाले जानकारी दिए । आगलागी नियन्त्रणमा लिन घरको पर्खाल समेत भत्काउनु परेको थियो ।
जिल्लामा रहेका १८ वडा स्थानीय तहमध्य चन्द्रपुर र गौर नगरपाकिलाकामा मात्र बारुण यन्त्र रहेको र अन्य स्थानीय तहले बारुण यन्त्र खरिद नगर्दा आगलागी हुदा बाहिरी जिल्लाको बारुण यन्त्र बोलाउनुपर्ने बाध्यता रौतहटमा रहेको छ ।