काठमाडौं/सुनको मूल्य एक सातामा १ हजार ३ सय रुपैयाँले बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ५८ हजार ८०० रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो । तेजावी सुन भने प्रतितोला ५८ हजार २ सय रुपैयाँ छ । सुन चाँदी व्यवसायी महासंघका बिशिष्ठ सदस्य तेजरत्न शाक्य सुनको भाउ उकालो लाग्नुमा अमेरीका र चाइनाको व्यापारीक युद्ध भएको बताउँछन् ।

उनले अमेरीकाले ट्याक्स बढाउने कुरा गरेपछि त्यसैको प्रतिक्रियामा चाइनाले पनि व्यापारीक ट्याक्स बढाउन खोजेकाले अहिले सुनमा लगानीकर्ता आकर्षित भएको बताए । उनका अनुसार अहिले सेयरमा गिरावट आएपछि लगानीकर्ता सुनतिर तानिएका हुन् ।

यता चाँदीको मूल्य पनि विगत पाँच दिन देखि स्थिर छ । सोमबार चाँदीको मूल्य प्रतितोला ७४५ रुपैयाँ कायम भएको छ ।