काठमाडौं/नेपाल टेलिकमले उप-प्रवन्धकदेखि सहायक स्तरका ५१ जनाको लागि विज्ञापन खुला गरेको छ। टेलिकमले आदिवासी जनजातीतर्फ एकजना उपप्रवन्धक माग गरेको छ भने इन्जिनियरिङ तर्फ १५ जनाको लागि विज्ञापन खुला गरेको जनाएको छ।
त्यस्तै टेलिकम इन्जिनियरिङको इलेक्ट्रिकल तर्फ ३ जना, इन्जिनियरिङकै कम्प्युटर तर्फ ६ जना, सहायक लेखा अधिकृत तर्फ २ जना, सहायक प्रशासकिय अधिकृत २ जना र सहायकतर्फ २२ जनाको लागि विज्ञापन खुला गरेको हो।
दरखास्त दिने अन्तिम म्याद चैत २४ गतेसम्म रहेको र अनलाइनबाट दरखास्त दिन सकिने टेलिकमले जनाएको छ। उपप्रवन्धककालागि स्नातकोत्तर गरी सम्वन्धित क्षेत्रमा ७ वर्षको अनुभव हुनु पर्ने तथा प्राविधक तर्फत कम्प्युटर वा आइटीमा स्नातक गरेको हुनुपर्ने योग्यता तोकिएको छ।
सहायक लेखा अधिकृत तर्फकालागि व्यवस्थापनमा स्नातक गर्नुपर्ने तथा प्रशासकिय अधिकृत तर्फ स्नातक गरेको साथै सहायकको लागि एसएलसी पास गरेको हुनु पर्ने योग्यता तोकिएको टेलिकमले जनाएको छ।
साथै बढुवा तर्फ २५ जना माग गरेको छ भने आन्तरिक बढुवा तर्फ ८ जनाको लागि दरखास्त आह्वान गरेको छ।