काठमाडौं/ आज छापावाला सुन प्रति तोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुन प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
छापावाला सुन हिजो प्रति तोला ५८ हजार र तेजावी सुन ५७ हजार ७ सयमा कारोबार भएको थियो । आज प्रतितोला ३ सय रुपैयाँ कम रहेको छ ।