पानवारी । सभामुख प्रदीप भण्डारीले एक नं. प्रदेश अब हरेक क्षेत्रबाट आत्मनिर्भर हुनुपर्ने धारणा राखेका छन् ।
१० दिनदेखि धरानमा जारी प्रादेशिक महोत्सवको समापन समारोहमा बोल्दै प्रदेश नं. १ का सभामुख भण्डारीले सो कुरा बताएका हुन् । नेपाल आलु र प्याजमा समेत आत्मनिर्भर बन्न नसकेको भन्दै अब स्थायी सरकारले आत्मनिर्भर बन्ने तर्फ अघि बढ्नुपर्ने बताए । उनले मेला महोत्सवले घरेलु तथा साना उद्योगको प्रबद्र्धन मात्र नभइ उपभोक्ताको रुचि तथा चाहाना समेत बुझ्न उद्योगी व्यवसायीलाई मौका मिल्ने बताए ।
देशले राजनीतिक उपलब्धी हासिल गरिसकेको भन्दै सभामुख भण्डारीले ‘देश अब आर्थिक समृद्धि तर्फ अघि बढ्नुपर्छ, त्यसकालागी सरकारले आर्थिक नीति बनाएर अघि बढ्ने’ बताए । उनले कृषि र उद्योगको विकास गरी प्रदेशलाई नै आत्मनिर्भर बनाउने तर्फ अघि बढ्ने’ बताए ।
परम्परागत शैलीमा कृषि उत्पादनहरु कच्चा पदार्थको रुपमा विक्री गरीदै आएकोमा अब भने आधुनिक तरिकाबाट तयारी बस्तु बनाएर निर्यात गर्नुपर्ने समय आएको बताए । उनले माघे संक्रान्तिमा धरानको कृषि बजारले तरुल मात्र ३ करोडको विक्री गरेको स्मरण गर्दै भने ‘अब सरकारले नीति बनाएर यसलाई विकास गर्छ ।’ उनले कृषि उत्पादनलाई तयारी बस्तुको रुपमा अन्तराष्ट्रिय बजारमा पु¥याइने बताए ।
महोत्सवको समापन समारोहमा हास्य कलाकार तथा चलचित्र निर्देशक दीपाश्री निरौला र नेपाल टेलिभिजनबाट प्रसारण भइको रियो छमछमी नृत्य प्रतियोगिताको फस्ट रनरअप मनिता राई राईलाई सम्मान गरिएको थियो । चलचित्र निर्देशक निरौला १ नं. प्रदेशमा जन्मिएर अभिनयको तथा कलाको क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा उत्कृष्टता हासिल गरी देशकै पहिलो सफल महिला निर्देशक भएको भन्दै सम्मान गरिएको थियो । उनलाई सभामुख भण्डारी तथा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाहले सम्मान गरेका थिए । महोत्सवमा करिब २ करोड बराबरको कारोबार भएको मुल संयोजक विजय श्रेष्ठले जानकारी दिएका छन् । महोत्सवको उत्कृष्ट स्टलको उपाधी पञ्चकन्या हस्तकलालाई प्रदान गरिएको थियो ।
महोत्सवको समापन समारोहमा महोत्सवलाई सम्पन्न गर्न सहयोग गरेको भन्दै प्रायोजक, सहयोगी लगायतलाई धन्यवाद पत्र प्रदान गरिएको थियो ।