पाँचथर/ कुम्मायक गाउँपालिका वडा न. १ यासोक बजारमा ब्याबसाय गर्दै आएका तेजबहादुर चेम्जोङ सनिवार बिहान हुटेलको काम गर्दै हुनुहुन्थ्यो, उनको हुटेल माथीको भीरालो सडकमा गाडीहरु सदाझै नियमित रुपमा आवत जावत गरिरहेका थिए ।

अचानक ठुलो भार क्षमताको ट्रकले उनको घरलाई ठक्कर दियो परिवारका सबै सदश्यहरु अतालिए, अन्ततः भाग्यले परिवारको ज्यान जोगियो । चेम्जोङ एक प्रतिनिधि पात्र मात्रै हुन । यासोक बजारमै ब्याबसाय गर्दै आएका अन्य ब्याबसाहीरु यस्तै त्रासमा ब्याबसाय गर्दै आएका छन ।

कुम्मायक गाउँपालिकाको यासोक बजार अबेवस्थीत हुदा सागुरो र भीरालो सड्कमा ठुला भार क्षमताका सवारी साधनहरु नियमित आवतजावत गर्ने गर्दछन । जसका कारण त्यहाँ ब्याबसाय गर्दै आएका स्थानियहरु त्रसित हुदै आएका छन । उनिहरुले सम्बन्धीत निकायलाई यस बिषमा पटक पटक जानकारी गराउँदा समेत बेवास्ता गरिएको नतिजा आज भोग्नु परेको दुखेसो पोखेका छन ।

उनिहरुले ब्लास्ष्ट राष्ट्रिय दैनिकमा २०७४ साल पुष १४ सम्बन्धीत निकायको ध्यानार्कष होस भन्दै जोखिम मोलेरै ब्याबसाय गर्दै भन्ने शिर्षकको समचार प्रकाशन गर्न आग्रह समेत गरेका थिए । बिभिन्न सञ्चार माध्यम समाचार प्रसारण र प्रकाशन सरोकारवालाको ध्यान होला भन्ने आसमा बसेका ब्याबसाहीहरु सो घट्ना पछि थप चिन्तित भएका छन । यासोक बजार ब्याबस्थापन समिति, उधोग बाणिज्य संघ, र गाउँपालिकाले तत्काल चासो नदिदा यस्तो समस्या भोग्नु परेको ब्याबसाहीको आरोप छ ।

यासोक बजारको बैकल्पीक सडकको ब्याबस्था भए पनि सवारी साधनहरु बीच बजारबाटै आवत जावत गर्ने गरेका कारण यस्तो समस्या भएको छ । दिनप्रतिदिन बजार अबेवस्ती बन्दा बजार अधिक्रमण बढेको भन्दै यस बिषयमा गाउँपालिकाको गम्भिर ध्यानअार्कषण भएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । चाडै नै बैकल्पीक सडकको ब्याबस्थाको लागु कडाईका साथ गर्ने छौ उनले भने, बजार ब्याबस्थापनको कार्यबिधि तयार भईरहेकाले बजार ब्याबस्थापन र बैकल्पीक सड्कलाई कडाईका साथ लागु गर्ने दावी गरे ।

यासोक बजारमा बिधुतका पोल बोकेर गएको ना. २ ख ५१०८ को मालबाहक ट्रक अनियन्त्रित भई स्थानिय ब्याबसाही टीका रसाईली र खगेन्द्र सम्बाहाम्फेको घरलाई ठक्कर दिएकोे थियो । दुवै घरमा आम्सिक क्षति मात्र भएको छ । शनिवारको दिन भएकाले मानविय क्षति नभएको प्रहरीले जनाएको छ । क्षतिको एकिन बिबरण आउँन बाँकी रहेको ईलाका प्रहरी कार्यालय यासोकले जनाएको छ । सवारी चालक प्रहरीको नियन्त्रणमा रहेका छन ।