चक्रघट्टि । सुनसरीको बराह नगरपालिकामा रहेको कृषि विकास शाखा बराह नगरले आ.व. २०७४÷०७५ को कृषि विकास कार्यक्रम एक गोष्ठीको आयोजना गरी सार्वजनिक गरेको छ । बराह नगरपालिकाका मेयर निलम खनालको सभाध्यक्षमा सम्पन्न गोष्ठीमा कृषि बिकासका क्षेत्रमा बराह नगरपालिकामा २ करोड ५ लाख ५० हजार बजेट सार्वजनिक गरीएको छ । उक्त कार्यक्रममा मेयर , उपमेयर,वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु,कर्मचारीहरु लगायतको उपस्थितिमा आ.व. २०७४÷०७५ मा बराह नगरपालिका भरीका कृषकलाई समेटेर कृषि सम्बन्धि गरीने सम्पुर्ण कार्यक्रमहरु सार्वजनिक गरीएको छ । आ.व. २०७४÷०७५को कृषि विकास कार्यक्रम अन्तर्गत क्षेत्रविस्तार कार्यक्रम (नयाँ पोखरी निर्माण ) माछा भुरामा अनुदान ५० प्रतिशत, स्वस्थ्यमाछा बिक्रिघर निर्माण, पुरानो पोखरी मर्मत, माछा पोखरीमा सिँचाई व्यवस्थापन,कार्यक्रम अनुगमन खर्च , व्यवसायिक तरकारी खेतीगर्ने युवा कृषकलाई अनुदान कार्यक्रम, कार्यक्रम संचालन खर्च , भकारो सुधार तथा व्यवस्थापन कार्यक्रम, स्थलगत तालिम, साना सिंचाई कार्यक्रम, माटो परिक्षण शिविर संचालन, च्याउको वीउ ५० प्रतिशत मुल्य अनुदानमा वितरण , तरकारीको सिड किट वितरण, आकस्मीक वाली संरक्षण सेवा लगायतका कार्यक्रम रहेको कृषि विकास शाखा बराह नगरका रेवति दाहालले जानकारी दिएका छन् । कृषि क्षेत्रका लागी लक्षीत गरी छुट्याइएको बजेट सही रुपमा कृषकका निम्ति सदुपयोग हुनु पर्छ, आर्गनिक खेतितर्फ किसानलाई पे्ररित गर्नु पर्छ , रामो्र र उत्कृष्ट,गुणस्तरीय उत्पादन गर्ने कृषकलाई पुरस्कृत गर्ने, युवा वर्गलाई केन्द्रित कृषि योजना ल्याउनु पर्ने , बेमौसमी खेतिलाई बढी जोड दिनु पर्ने , व्यबसायिक उत्पादनलाई मात्र अनुदान दिनुपर्ने कुरा बक्ताहरुले मन्तव्यको क्रममा व्यक्त गरेका थिए । स्थानिय सरकार हुनु अघि कृषकलाई लक्षित गरी छुट्याइएको बजेट कृषकसामु पुग्न नसकेको अवस्था रहेको थियो । पोखरीनै नखनी माछा पालनका निम्ति अनुदान पाइरहेका थिए । अबका दिनमा नगर प्रमुख सहितको टोलिले बिभिन्न क्षेत्रमा अनुगमन गर्ने बराह नगरका मेयर निलम खनालले बताएका थिए । कृषि शाखाका रेवति दाहालको संयोजकत्वमा सञ्चालित कार्यक्रम सुमन पौडेलले सञ्चालन गरेका थिए ।