रायपुर/ भारतको छत्तीसगढमा माओवादीहरुले ठूलो हमला गरेका छन् । केही दिन अगाडि प्रहरीको घेराबन्दीमा परि आधा दर्जन बढी साथी गुमाएका माओवादीहरुले प्रहरीको सर्च अप्रेशन टीममाथि हमला गरेका हुन् ।
भास्कर दैनिकका अनुसार, माओवादीहरुको आक्रमणमा परि दुई जना सब इन्सपेक्टरसहित ४ जनाको मृत्यु भएको छ । घटनामा घाइते भएको ७ जनालाई उपचारका लागि रायपुर लगिएको छ ।
प्रहरीका अनुसार, रायपुर नजिकै अबूझमाडको जंगलमा सुरक्षाकर्मीको टोली सर्च अप्रेशनमा रहेको बेला माओवादीहरुले छापामार शैलीमा आक्रमण गरेका थिए ।
स्पेशल डिजी नक्सल अपरेशन डीएम अवस्थीका अनुसार, उक्त जंगलमा नक्सलवादी भेला हुन गइरहेको सूचना पाएपछि ४ सय जनालाई सर्च अप्रेशनका लागि पठाइएको थियो । बिहान ११ बजे कम्पनी नमबर ६ का प्रहरी खोजतलासमा रहेको बेला माओवादीहरुले आक्रमण गरेका थिए ।
यसैबीच छत्तीसगढको बीजापुरमा समेत बुधबार माओवादी र प्रहरीको भीडन्त भएको छ । भीडन्तमा २ प्रहरी घाइते भएका छन् ।
Shikharnews