बिहीबार एकै दिन ६ सय रुपैयाँले मूल्य बढेको छ।
अघिल्लो दिन तोलामा ५७ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा यस दिन ५७ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो फाइन गुणस्तरको मूल्य हो। महासंघका अनुसार यो मूल्य करिब ५ महिनायताकै उच्च हो।