मोरङ / मोरङको पथरीशनिश्चरेस्थित पथरी उद्योग वाणिज्य संघको चुनावी साधारणसभा माघ २८ र २९ गते हुने भएको छ ।

संघको आइतबार वसेको बैठकले सो निर्णय गरेको वरिष्ठ उपाध्यक्ष कविता पराजुलीले जनाइन् ।

चुनावी साधारण सभा व्यवस्थित सम्पन्न गर्न भगतचन्द्र थपलिया संयोजक तथा भवानी दुलाल र दीपेन्द्र तिम्सिनालाई सदस्य तोकेर निर्वाचन समिति गठन गरिएको छ ।