नयाँदिल्ली/ भारतको नयाँ दिल्लीमा फेरि एक १५ वर्षीया किशोरी सामुहिक बलात्कारको शिकार भएकी छन् ।

गएको जनवरी ८ तारिखका दिन दिल्लीकेो मंडवाली क्षेत्रम एक मानिसक रोगी किशोरी माथि बलात्कार भएको चिकित्सकले बताएका छन् । पीडितले दिएको जानकारीका आधारमा घटनामा संलग्न सबैलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मध्ये एक जनाले आफू नाबालक भएको दावी गरेको र त्यसमाथि अनुसन्धान भइरहेको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार घटना गएको जनवरी ८ मा भएको थियो । तर त्यसको खुलासा ढिलो गरी शुक्रबार मात्रै भयो । त्यसको कारण पीडित किशोरी मानसिक विमारी भएको बताइएको छ । उनको अहिले लेडी हार्डिंग अस्पतालमा मानसिक रोगको उपचार भइरहेको बताइएको छ ।

जन दिन उनीमाथि सामुहिक बलात्कार भयो त्यस दिन उनले घटनाका बारेमा घरमा कसैलाई जानकारी नदिएको बताइएको छ । नियमित जाँचका लागि जव उनी शुक्रबार अस्पतालमा पुगीन अनि उनले चेकजाँचका क्रममा चिकित्सकसँग घटनाका बारेमा बताइन । त्यस लगत्तै घटनाका बारेमा चिकित्सकले प्रहरीलाई सुचना दिए ।

घटनाका बारेमा जानकारी पाएपछि प्रहरीले पीडितले दिएको सुचना र हुलियाका आधारमा मूख्य आरोपीसहित घटनामा संलग्न भनिएका सबैलाई पक्राउ गरी हिरासतमा लिएको छ ।

पार्कको सुरक्षा कक्षमा बलात्कार

प्रहरीका अनुसार उनी पार्कको अगाडि बसिरहेकी थिइन । एक जना केटाले उनलाई केही खाने कुरा दिने भनि बोलाएर एउटा कोठामा लिएर गयो अनि त्यही उनीमाथि सामुहिक रुपमा बलात्कार गरिएको पीडितले प्रहरीले बताएको छ ।