काठमाडौं : भारतको बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई भारतको सीबीआइको विशेष अदालतले दोषी ठहर गरेको छ। विशेष अदालतले सन् १९९१ देखि ९४ को बीचमा देवघर राज्यकोष को ८५ लाख रुपैयाँ भ्रष्टाचार काण्डमा दोषी ठहर गरेको हो। चारो खरिदमा यादवले भ्रष्टाचार गरेको आरोप लागेको थियो।

अदालतले दोषी ठहर गरे लगत्तै प्रहरीले पक्राउ गरेको छ। यो काण्डमा यादवसहित १५ जनालाई दोषी ठहर भएका छन्।