फिलिपिन्समा तुफानका कारण आएको बाढीपहिरोमा परी करिब ९० जनाको ज्यान गएको छ। अन्य दर्जनौँ व्यक्ति हराइरहेका छन्। दक्षिणी टापु मिन्दानाओ सबैभन्दा बढी प्रभावित भएको बताइएको छ।
आँधीका कारण करिब ६४ जना हराइरहेको अधिकारीहरुले बताएका छन्। शुक्रबार आएको आँधीका कारण सो क्षति भएको हो।
सञ्चार सम्पर्क विच्छेद भएका कारण उद्दारमा अवरोध आएको बताइएको छ। एजेन्सी