सुनसरी- ३ मा सोमबारदेखि अवरुद्ध मतगणना पुन: सुचारु गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ।
अर्धकट्टीसहित भेटिएको ९ वटा मतपत्रका बारेमापछि निर्णय गर्ने र गन्न बाँकी मत गणना गर्ने निर्णय भएको जिल्ला निर्वाचन कार्यालय सुनसरीका निर्वाचन अधिकृत भक्तबहादुर भट्टराईले जानकारी दिए।