धरान । सुनसरी क्षेत्र नं. ३ प्रतिनिधी सभामा नेकपा एमालेकी भगवती चौधरी र कांग्रेसका विजयकुमार गच्छदारको मतान्तर निरन्तर घट्दै आएको छ । मतगणनाको सुरुवातदेखि नै एमालेकी भगवती चौधरीले अग्रता लिदै गएको भएपनि पछिल्लो मत परणिाममा मतान्तर थोरै मात्र रहेको छ । सुरुवातमा ३ हजारसम्मको मतान्तर भएको थियो भने अहिले मतान्तर घटेर २ सय ७१ मा आइपुगेको छ ।  नेकपा एमालेकी भगवती चौधरीले २७,७१२ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसका विजयकुमार गच्छदारले २७,४४१ मत प्राप्त गरेका छन् ।