तेह्रथुम/ तेह्रथुम निर्वाचन क्षेत्र नम्वर १ प्रदेशसभा (क) वाट बामगठवन्धनका उमेदवार एमाले अध्यक्ष लक्ष्मण तिवारी विजयी भएको छ । वाम गठबन्धनमा नेकपा एमालेबाट उम्मेदवार बनेका तिवारी ११ हजार ७ सय २६ मत ल्याएर विजयी भएका छन । उहाले कांग्रेस उम्मेदवार गोविन्द ढुंगानालाई १ हजार ४ सय ६६ मतअन्तरले पछि पारेका हुन् । कांग्रेस जिल्ल्ला सभापती समेत रहेका उम्मेदवार ढुंगानाले १० हजार २ सय ६० मत प्राप्त गरेका छन । प्रदेशसभा (ख) मा पनि बाम गठवन्धनका उमेदवार एमाले पुर्व अध्यक्ष तेजमान कन्दङवाको अग्रता कायमै छ । पछिल्लो मत परीणाम अनुसार कन्दङवाले ७ हजार ८ सय ८ मत प्राप्त गरेका छन । उनलाई व्याव्सन केन्द्रीय अध्यक्ष समेत रहनु भएका कांगे्रस उमेदवार विजय सम्वाहाम्फेले ५ हजार ८ सय ४५ मतले पछ्याईरहेका छन् । त्यस्तै प्रतिनिधी सभा तर्फ बामगठवन्धनवाट उमेदवार बनेका निवर्तमा सभाषद तथा एमाले पुर्व अध्यक्ष भवानी खापुङले अग्रता लिईरहेका छन् । खापुङले १४ हजार ३ सय ५४ मत प्राप्त गरेका छन । उनलाई भौतिक पुर्वाभार तथा यातायात राज्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य रहेत रहेकी उमेदवार सिता गुरुङले १२ हजार २ सय १६ मतका साथ पछ्याईरहेकी छन् ।