प्यूठान/ राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सिइओको जागिर छाडेर चुनाव लड्न प्यूठान पुगेका डाक्टर गोविन्द पोख्रेल संकटमा परेका छन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका पोखरेल भन्दा बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी दूर्गा पौडेल २ हजार मतले अघि छन् । पौडेलले ८ हजार २ सय ५८ मत ल्याउँदा पोखरेलले ६ हजार २ सय ५० मत ल्याएको छ । प्यूठानमा जनमोर्चालाई एमाले र माओवादीको समर्थन छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सिइओको जागिर छाडेर चुनाव लडेको भन्दै डाक्टर गोविन्द पोखरेलको आलोचना भएको थियो । तर उनले चुनाव जितेर जनताको सेवा गर्ने चाहना रहेको बताउँदै आएका थिए ।