विराटनगर/ मोरङको क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका डा. मिनेन्द्र रिजाल विजयी भएका छन् । मुख्य निर्वाचन कार्यालय विराटनगरले शनिबार दिउँसो घोषित  परिणाम अनुसार ३५ हजार ८ सय १९ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी एमालेका ऋषिकेश पोखरेललाई १ हजार ८ सय ५ मतले पराजित गरि रिजाल प्रतिनिधि सभा सदस्यय पदमा निर्वाचित भएका हनु । मोरङको ६ वटा निर्वाचित क्षेत्रमा १ निर्वाचत क्षेत्रमा मात्र काँग्रेसले जित हासिल गर्न सफल भएको छ । यस अघि ४ वटा निर्वाचित क्षेत्रमा १ मा एमालेका घनश्याम खतिवडा, ३ मा भानुभत्त ढकाल र ६ मा लालबावु पण्डित निर्वाचित भएका छन् भने ४ मा अमनलाल मोदी  निर्वाचित भएका छन् ।

५  मा माओवादीका शिव कुमार मण्डलले अग्रता कायम राख्न सफल भएका छन् । पछिल्लो प्राराम्भिक मत परिणाम अनुसार मण्डलले २० हजार ८ सय १६ मत ल्याएर अग्रता कायम राखेका छन् भने मण्डललाई पछ्याउँदैछन काँग्रेसका अमृत अर्याल । उनले १७ ६ सय ४० मत ल्याएका छन् ।