सुनसरी । चुनावको मुखमा नेपाली कांग्रेससँग पार्टी एकता गरेर प्रतिनिधिसभा निर्वाचन लडेका बिजयकुमार गच्छदार सुनसरी क्षेत्रनम्बर ३ मा दोस्रो स्थानमा संघर्ष गरिरहेका छन् ।

गच्छदारलाई एमालेका भगवती चौधरीले १४ सयभन्दा बढी मतअन्तरले पछि पारेका छन् । चौधरीको मत ५ हजार १३८ छ भने गच्छारले ३ हजार ७०७ मत पाएका छन् । एमाले र माओवादीबीच वाम गठबन्धन भएपछि गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक कांग्रेसमा समाहित भएको थियो । गच्छदार शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री छन् ।