विराटनगर/ मोरङको क्षेत्र नम्बर ४ मा माओवादीका केन्द्रका अमनलाल ओदी ३३ हजार ५ सय २९ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । मुख्य निर्वाचन कार्यालय विराटनगरको शनिबार दिउँसो घोषित मत परिणाम अनुसार मोदीले नेपाली काँग्रेसका प्रभावशाली नेता महेश आचार्यलाई ६ हजार ७ सय २९ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।
मोदीका प्रतिद्धन्द्धी आचार्यले २६ हजार ८ सय मत प्राप्त गरेका छन् । पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका मोदीले नेपाली काँग्रेस भित्र निकै शसक्त मानिएका आचार्यलाई पराकिलो मतअन्तरले पराजित गरेका हुन् ।
कुशल संगठक र मिलनसार स्वभावका मोदी २०७० सालमा समानुपातिक तर्फबाट संबिधान सभाको सदस्य समेत बन्न सफल भएका थिए । संविधान सभाको पाँच बर्षे कार्यकालमा उनले संविधान निर्माण मस्यौदा समिति, संसदको अनुगमन तथा सुशासन समितिको सदस्य समेत रहेर भुमिका निर्वाह गरेका छन् ।