भद्रपुर । झापामा मत गणना जारी छ । अहिले बिहान पौने ८ बजेसम्मको मतपरिणाम अनुसार झापाका ५ वटै निर्वाचन क्षेत्रमा बामगठबन्दन अगाडी रहेको छ । जसमा झापा क्षेत्र नम्बर १ मा बामगठबन्धनका उम्मेदवार सुरेन्द्रकुमार कार्की कांग्रेसका विश्वप्रकाश शर्मा भन्दा ६ सय ९१ मतले अघि छन् । झापका ५ वटा निर्वाचन मध्ये चासोका विषयका रुपमा हेरिएको यो क्षेत्रमा तिव्र प्रतिस्पर्धा रहेको छ ।
त्यसैगरी २ नम्बर क्षेत्रमा बामगठबन्धनकी पवित्रा खरेल कांग्रेसका उद्धव थापा भन्दा २३सय४७ मतले अघि छन् ।
क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका राजेन्द्र लिङदेन कांग्रेसका कृष्णप्रसाद सिटौला भन्दा २९सय ५६मतले अघि छन् ।
क्षेत्र नम्बर ४ मा गठबन्धनका एलपी साँवा कांग्रेसका देउमान थेवे भन्दा ५२८५ मत अन्तरले अघि छन् ।
क्षेत्र नम्बर ५ मा काँग्रेसका डा. खगेन्द्र अधिकारी भन्दा वाम गठबन्धनका केपी शर्मा ओली ७१सय१३ मतले अघि छन् ।
यस नजिजालाई आधार मान्ने हो भने क्षेत्र नम्बर १ मा मात्र अहिले नै के हुन्छ भन्न सकिन्न तर, अन्य क्षेत्रमा भने बामगठबन्धनकै सम्भवाना देखिन्छ । पूर्व गृहमन्त्री समेत रहेका कांग्रेसका सिटौलालाई गठबन्धका लिङदेनले २०७० सालको बदला लिने ठूलो आधार बनेको छ ।