विराटनगर । मोरङको १, ३ र ६ नम्बर निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । मोरङको ६ मा एमालेका पोलिटब्यूरो सदस्य लालबावु पण्डितले काँग्रेसका डा. शेखर कोइरालाइ ६ सय ७५ मतले पछि पादैे प्रतिनिधि सभा सदस्यमा निर्वाचति भएका हुन् । मुख्य निर्वाचन कार्यालय विराटनगरले शनिबार विहान घोषित मत परिणाम अनुसार एमालेका पण्डितले ३३ हजार ९ सय ४१ मत ल्याएका छन् । पण्डितका प्रतिद्धन्द्धी काँग्रेसका कोइराालले ३३ हजार २ सय ६६ मत ल्याएका थिए ।
३ मा एमालेका पोलिटब्यूरो सदस्य भानुभक्त ढकालले काँग्रेसका डा.सुनिल शर्मालाइ १ हजार ९ सय ७ मतले पछि पार्दै ढकाल प्रतिनिधि सभा सदस्यमा निर्वाचति भएका हुन् । ढकालले ४२ हजार ४ सय १३ मत ल्याएका छन् । ढकालका प्रतिद्धन्द्धी काँग्रेसका शर्माले ४० हजार ५ सय ६ मत प्राप्त गरेका छन् ।
मोरङको निर्वाचन क्षेत्र नम्बर १ मा फराकिलो मत अन्तरले एमालेका घनश्याम खतिवडा बिजयी भएका छन् । काँग्रेसका डिकबहादुर लिम्बुलाई ६ हजार ८८ मतले पछि पार्दै पछि पार्दै खतिवडा प्रतिनिधि सभा सदस्यमा निर्वाचति भएका हुन् । मुख्य निर्वाचन कार्यालय विराटनगरले शनिबार विहान सार्वजानिक गरेको घोषित मत परिणमा अनुसार एमालेका खतिवडाले ३७५२४ मत प्राप्त गरि निर्वाचित भए भने खतिवडाका ढकालका प्रतिद्धन्द्धी काँग्रेसका लिम्बुकाले ३१ हजार ४ सय ३६ मत प्राप्त गरेका छन् । शर्माले ४० हजार ५ सय ६ मत ल्याएका थिए ।
मोरङ २
एमाले ऋिषिकेस पोखरेल ः १६४४९
काँग्रेस ः डा. मिनेन्द्र रिजाल १६३५५
मोरङ ४
माओवादी अमनलाल मोदी ः १९८१५
काँग्रेसका महेश आचार्य ः १७५२१
मोरङ ५
माओवादी शिव कुमार मण्डल १३१४०
काँग्रेस अमृत अर्याल ११५२१
संघिय समाजवादी फोरम राजकुमार यादव १०५५१