धरान । सुनसरीको प्रतिनिधी सभा अन्तर्गत क्षेत्र नं। १ र ३ मा बाम गठबन्धन अगाडी देखिएको छ भने क्षेत्र नं। २ र ४ मा कांग्रेस अगाडी देखिएको छ ।  सुनसरी १ मा एमाले जयकुमार रार्इ ६५४३ मत ल्यार अगाडि रहेका छन्र भने संघिय समाजवादी फोरमका अशोक रार्इ ३४५४ मत ल्याएर पछ्याइरहेका छन् । त्यस्तै गरी सुनसरी २ मा कांग्रेसका सीताराम मेहेता ४८८५ मत ल्याएर अघि रहेका छन्र भने बाम गठबन्धनका माओवादी उम्मेदवार डम्बर सुवेदी ३९९६ मत ल्याएर पछ्याइरहेका छन् । सुनसरी ३ मा एमालेकी भगवती चौधरी ५१३८ र कांग्रेस विजयकुमार गच्छदार ३७०७ मत ल्याएका छन् । सुनसरी ४ कांग्रेसका ज्ञानेन्द्र कार्की  ६३७९ र  एमालेका रमेश श्रेष्ठ ४५८५  मत ल्याएका छन् ।