धरान । दोस्रो चरणको प्रदेस सभा तथा प्रतिनिधि सभाको  निर्वाचन विभिन्न राजनीतिक दलका केही उम्मेदवारले आफूलाई नै मतदान गर्न पाएनन् । मतदान गर्न नपाउनेहरूमा पूर्व प्रधानमन्त्रीदेखि वर्तमान उपप्रधानमन्त्री, मन्त्री र पार्टीका शीर्ष नेताहरूसम्म छन् । आफ्नो मतदाता नामावली रहेको स्थानबाट उम्मेदवारी नदिई अन्य स्थानबाट उम्मेदवारी दिएका कारण उनीहरुले आफूलाई मतदान गर्नबाट वञ्चित भएका हुन् ।

मतदाता नामावलीमा नाम जहाँ छ, सोही स्थानबाटमात्रै मतदान गर्न पाउने कानुनीप्रावधानका कारण उहाँहरूले आफ्नो मत आपूmलाई सुरक्षित गर्न नसकेका हुन्। झापा क्षेत्र नं ५ बाट उम्मेदवारी दिनुभएका पूर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आपूm उम्मेदवार रहेको क्षेत्रमा मतदान गर्न पाउनुभएन । उहाँले भक्तपुर सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान  केन्द्रबाट मतदान गर्दै छन। काँग्रेस नेता कृष्णप्रसाद सिटौला झापा प्रतिनिधिसभा क्षेत्र नं ३ का उम्मेदवार भएपनि उहाँको मतदाता नामावली रहेको भद्रपुर नगरपालिका–१०, झापा क्षेत्र नं १ मा परेपछि आपूmले आफैँलाई मतदान गर्न पाउनुभएन । वाम गठबन्धनका तर्फबाट झापा–१ बाट प्रतिनिधिसभाका उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका नेता तथा पूर्व सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको मतदाता नामावली काठमाडौँ क्षेत्र नं १ मा भएकाले उहाँले पनि आफूले आफैँलाई मतदान गर्न पाउनुभएन ।

अर्थमन्त्री एवम् काँग्रेसबाट सुनसरी क्षेत्र नं ४ बाट उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले पनि आफुलाई मतदान गर्न पाएनन,उनको मतदाता नामावली भोजुरमा छ । नेकपा एमालेका सचिव तथा पुर्व पर्यटन मन्त्री भिमप्रसाद आचार्यले पनि आफुलाई मतदान गर्न पाएनन । उनी सुनसरी क्षेत्र नम्बर १ को ख का प्रदेशसभा तर्फका उमेद्धार छन् भने उनको मतदाता नामावली क्षेत्र नम्बर ३ को मधेशामा रहेको छ । त्यस्तै संघिय समाजबादी फोरम नेपालका बरिष्ट नेता अशोक राईलेपनि आफुलाई मतदान गर्न पाएएन । राईको मतदाता नामावली उदयपुरको चौदण्डी नगरपालीकामा रहेको छ । उनी सुनसरी क्षेत्र नम्बर १ बाट लोकतान्त्रीक गठबन्धनबाट प्रतिनिधी सभाको प्रतिप्रधामा छन् ।