विराटनगर/ बिहीबारदेखि सुरु भएको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा मोरङबाट उम्मेदवार दिएका ‘हेबीवहेट’ उम्मेदवारले मोरङको विभिन्न चुनाव क्षेत्रबाट मतदान गरेका छन् ।
[caption id="attachment_63595" align="aligncenter" width="1506"]

लालबाबु पण्डित[/caption]
कांग्रेस नेता तथा मोरङ ६ नम्बर क्षेत्रका उम्मेदवार डा. शेखर कोइरालाले विराटनगरस्थित आदर्श उच्च माध्यमिक विद्यालयबाट मतदान गरेका छन् । कोइलालाले आदर्श विद्यालय मतदान केन्द्रबाट बिहान ७ बजेर २५ मिनेटमा मत खसालेका थिए ।
कोइराला परिवारसहित मत खसाल्न मतदानस्थलमा पुगेका थिए । मतदानपछि उनले गणतन्त्र संस्थागत गर्ने यो चुनाव ऐतिहासिक अवसर रहेको भन्दै अब मुलुक समृद्धितर्फ अग्रसर हुने विश्वास व्यक्त गरे ।
[caption id="attachment_63597" align="aligncenter" width="1080"]

डा. शेखर काेइराला[/caption]
त्यस्तै सोही निर्वाचन क्षेत्रका बाम गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवरा तथा एमाले नेता लालबाबु पण्डितले विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसबाट मतदान गरे । उनले सर्वसाधारण संगै लाइनमै बसेर पण्डितले बिहान सात बजेर १८ मिनेटमा मतदान गरे । मतदान पश्चात बोल्दै उनले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे ।
त्यस्तै माओवादी केन्द्रका सचिवालय सदस्य एंव विना विभागिय मन्त्री तथा बाम गठबन्धनबाट मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेदवार शिवकुमार मण्डलले सुनवर्सि नगरपालिका ६ स्थित केरन्जा मतदानस्थल वाट मतदान गरे ।
सोही निर्वाचन क्षेत्रका प्रतिनिधि सभाका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले विराटनगरको सनसरी माईस्थित मतदान केन्द्रबाट मतदान गरे । मतदान पछि उनले जनताको अभिमत मुखरित हुने निर्वाचनले गणतन्त्र र संघीयतालाई संस्थागत गर्ने प्रतिक्रिया दिए ।
यसैबीच मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका उम्मेदवार महेश आचार्यले विराटनगर सोमबारे हाटस्थित जनता नमुना माध्यमिक विद्यालयको मतदान स्थलमा मतदान गरे । आचार्यले आज बिहान ७ बजेर ३५ मिनेटमा मतदान गरे ।