पथरी/ विभिन्न मिडिया हाउसमा आवद्ध मोरङका पत्रकारहरुले अनुगमन गर्दै मतदान गरेका छन् । बिहीबार पूर्वी मोरङका पत्रकारहरुको टोलीले निर्वाचन क्षेत्र नम्बर १ र ३ को मतदान केन्द्रहरुमा अनुमगन गर्दै मतदान गरेका थिए ।
प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोख्रेलले सुनसरीको इनरुवा-६ मधेसास्थित जनता माविबाट मतदान गरेका छन् । त्यसैगरी प्रेस युनियनका मोरङ जिल्ला अध्यक्ष मिनकुमार नवोदितले विराटनगर-१२ महेन्द्र मोरङ क्याम्पस, प्रेस चौतारीका अध्यक्ष रामचन्द्र अधिकारीले विराटनगर-३, पुसेट क्याम्पस मदतान केन्द्रबाट, प्रेस सेन्टरका अध्यक्ष गोकुल पराजुली, कन्चनबारी आधारभूत बिद्यालय विराटनगर-४ बाट मतदान गरेका छन् ।
त्यसैगरी महासंघका केन्द्रीय पार्षत समेत रहेका प्रेस सेन्टरका केन्द्रीय सदस्य अर्जुन जम्नेली राईले पथरीशनिश्चरे—१ को पथरीबहुमुखी क्याम्पस, चलचित्र पत्रकार संघ पूर्वाञ्चल समितिका अध्यक्ष सन्तोष राईले जनता मावि पथरीशनिश्चरे—३ बाट, नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश पार्षत तथा चौतारी मोरङ्ग सहसचिव दिनेश सुब्बाले जनता आधारभूत विद्यालय कानेपोखरी—४, पथरी एफ.एम.का प्रवन्धक निर्देशक मोहन भट्टराईले कानेपोखरी—६ स्थित जनसेवा मावि रमाइलोबाट मतदान गरेका छन् । पूर्वी मोरङमा रहेर विभिन्न मिडियामा आवद्ध कवि तथा पत्रकार भूपेन्द्र तिम्सिनाले पथरीशनिश्चरे–१० हिरक आधारभूत बिद्यालयबाट मतदान गरेका छन् ।
संघीय प्रेस फोरमका केन्द्रीय सदस्य फिपराज बेघाले अमरसिंह मावि, पथरीशनिश्चे—५ र राष्ट्रिय समाचार पत्र दैनिकका सम्पादक तथा प्रेस चौतारी मोरङ्गका उपाध्यक्ष केदार चौहानले, उर्लाबारीस्थित उर्लाबारी बहुमुखी क्याम्पसबाट मदतान गरेका छन् । मोरङमा बिभिन्न सञ्चार माध्यममा अवद्ध १८३ जना सदस्य रहेको नेपाल पत्रकार महासंघ मोरङका सचिव अर्जुन आचार्यले बताए ।
पूर्वी मोरङमा रहेका पत्रकारहरुले बिहीवार विहानैदेखि निर्वाचन क्षेत्र नं. १ र ३ मा दिनभर अनुगमनको साथै रिपोर्टिङ गरेका थिए । मोरङ जिल्लामा गएराति विभिन्न स्थानमा बम फेला परे पनि शान्तिपूर्ण मतदान भइरहेको पूर्वाञ्चल निर्वाचन कार्यालयका निर्वाचन अधिकृत प्रेम सञ्जलेले बताए ।