सप्तरी/ सप्तरी क्षेत्र नं २ का उम्मेदवार रहेका संघीय समाजवादी फोरमका अध्यक्ष एवं पूर्वमन्त्री उपेन्द्र यादवले मोरङको विराटनगरबाट मतदान गरेकाे छ । सप्तरीबाट उम्मेदवार रहे पनि मतदाता नामावली विराटनगरमा रहेकाले उनले मतदान गर्न विराटनगर पुगेकाे उनले बताए । उनले स्नातकोत्तर क्याम्पस मतदान केन्द्रबाट मतदान गरेकाे हो । मतदानपश्चात् उनले मधेशीको हक र अधिकारका लागि मधेशी गठबनधन भएकाले मधेशी जनताले गठबन्धनलाई नै विजयी गराउनुपर्ने बताए । उनले मधेशीको अधिकारको विकल्पमा मधेशी गठबन्धन नै रहेकाले तराई २२ जिल्लालाई नै मधेश प्रदेश बनाउने दाबी गरे।