धनकुटा । धनकुटामा उत्साहजनक रुपमा मतदान भइरहेको छ । धनकुटाका १ सय ५३ वटै मतदान केन्द्रमा विहानैदेखि मतदाताको उत्साहपूर्ण सहभागिता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मतदान केन्द्र आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान केन्द्रभित्र मोवाइल लैजान समेत निषेध गरिएको छ । एकलाख ५ हजार १ सय ८८ जना मतदाता रहेको धनकुटामा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई सदस्यका लागि आज चुनाव भइरहेको हो ।
सबै मतदान केन्द्रसम्म सडक पहुँच रहेकाले मतदान सकिएपछि बेलुकासम्म मतपेटिका संकलन भइसक्ने पनि कार्यालयको भनाई छ । मतगणना सदरमुकाम धनकुटा बजारको सामुदायिक भवनमा गर्ने तयारी छ ।