[caption id="attachment_63397" align="alignnone" width="4134"]
इन्फाेग्राफः भाेजराज[/caption]
धरान/प्रदेश १ को ७ वटा जिल्लाका करिव २३ लाख मतदाताहरुले बिहीबार निर्णायक मतदान गर्दै छन् ।
मतदाताहरुले पहिलो पल्ट प्रदेशको अनुभव पनि गर्न पाउने भएका छन् । प्रदेश र प्रतिनिधि सभा गरी कुल २२ लाख ७४ हजार २१६ जना मतदाताले आफूले चुनेको उम्मेदवारलाई भोट दिएर पाँचवर्षका लागि प्रदेश र प्रतिनिधि सभामा जिताउँदै छन् ।
मतदाताहरुको आजको मत पाँचवर्षको लागि निर्णायक बन्दै छ । प्रतिनिधि तर्फ २१ पदका लागि २२१ जना उम्मेदवारहरु भिडन्तमा छन् । जसमा प्रतिनिधि तर्फ २०९ पुरुष उम्मेदवार छन् भने ११ जना महिला उम्मेदवार छन् ।
प्रदेशमा ४२ पदका लागि ४०७ उम्मेदवारी परेको छ । जसमा ३८४ पुरुष उम्मेदवार छन् भने २३ जना मात्रै महिला उम्मेदवार छन् । मतदाताहरुलाई जिल्ला स्थिति निर्वाचन कार्यालयहरुले ढुक्कसँग मतदान गर्नको लागि आह्वान गरेकोछ ।
[caption id="attachment_63203" align="alignnone" width="741"]

ग्राफः भाेजराज[/caption]