झापा/ झापाको मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलबाट प्रहरीले लागूऔषधसहित एक जना महिलसहित २ जनालाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको टोली सशस्त्र प्रहरी बलको टोलीले चेकजाँच गर्ने क्रममा दमक नगरपालिका ३ बेलडाँगी बस्ने हट नम्बर ९ सेक्टर D1 बस्ने २० बर्षिय ज्ञान बहादुर क्षेत्री र हट नम्बर १२४ सेक्टर B3 बस्ने २८ बर्षिया मनमाया गुरुङलाई पक्राउ गरेको हो ।

साँझ ५ बजे भारतबाट नेपालतर्फ पैलद आउँदै गरेको अबस्थामा उनीहरुलाई शंकालागी चेकजाँच गर्ने क्रममा शरिरको बिभिन्न भागमा लुकाई छिपाई ल्याउँदै गरेको लागूऔषध डाईजेपाम ४१ एम्पुल, लुपिजेसिक ४१ एम्पुल र फेनारगन ४१ एम्पुल फेला पारी बरामद गरेको हो।

पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भईरहेको ब्यूरो प्रहरी जनाएको छ।