सुनसरी/ सुनसरीको कोशी गाउँपालिका १ स्थित लौकही बजारमा गएराती मारुती कार अनियन्त्रित भई दुर्घटना हुँदा २ जना घाईते भएका छन्।
गएराती २ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २ च ३८१८ नम्बरको मारुती कार आँफै अनियन्त्रित भई सडकको दाहिँने साईडको सिमलको रुखमा ठोक्किएको थियो।
दुर्घटनामा परी कार चालक काठमाण्डौ महानगरपालिका ६ जोरपाटी बस्ने ३५ बर्षिय देवराज पण्डित र सोही कारमा सवार जिल्ला झापा लखनपुर ८ बस्ने ४५ बर्षिय डम्बर बहादुर दमाई घाईते भएका हुन्।
दुर्घटनामा घाईते दुबैको बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भईरहेको छ। दुबैको अबस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ।