मोरङ । मोरङको बेलबारी नगरपालिका ८ मा मंगलबार दिउँसो बाबु छोराबीच झगडा हुँदा छोराले घरमा आगो लगाएका छन्।

बेलबारी नगरपालिका ११ बस्ने केवालाल राजबंशी र निजको छोरा ३४ बर्षिय कुमार राजबंशी बीच घरायसी झगडा हुँदा छोराले लाईटर बाली घरमा आगो लगाएका थिए।

आगो सल्किएर राजबंशीको २ तले काठको घरको आधाभाग जलेर नष्ट हुँदा ६ लाख बराबरको क्षति भएको पिडीतले बताए।

आगो निभाउने क्रममा आगोले पोलेर ६५ बर्षिय केवालाल र सोही ठाउँका २३ बर्षिय लक्ष्मण ढुंगानाको शरिरको बिभिन्न भाग जलेर घाईते भएका छन्।

आगोले पोलेर घाईते राजबंशीलाई उपचारकालागी धरान घोपा पठाईएको छ भने ढुंगानाको नोबेल सामुदायिक अस्पताल बेलबारीमा उपचार भईरहेको छ।

उक्त आगो आगो लगाउने कुमार राजबंशीलाई इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा राखि थप अनुसन्धान भईरहेको छ।