भद्रपुर । झापाका सबै मतदान केन्द्रबाट मंगलबारदेखि मतदाता परिचयपत्र वितरण सुरु गरिएको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापाका २८३ मतदान स्थलमा रहेको ६९२ मतदान केन्द्रबाट मंलगबार र बुधवार दुई दिन मतदाता परिचयत्र वितरण गरिने भएको हो । झापामा ८० हजार नयाँ र पुरानो बाँकी रहेका ७१ हजार ६ सय गरी १ लाख ५१ हजार ६ सय मतदाताको परिचयपत्र वितरण भइरहेको निर्वाचन अधिकारी गोपाल आचार्यले बताए । आचार्यका अनुसार झापामा ५ लाख ८५ हजार १ सय ६६ मतदाता रहेका छन् । त्यसमध्ये ८० हजारमा छुटेका नयाँ मतदाता, नाम संसोधन, बसाईसराई नामावली समावेश गरिएको छ । बाँकी ७१ हजार ६ सय मतदाताले स्थानीय तहको निर्वाचनमा परिचयपत्र नलगेको हो । ग्रामिण भेगका मतदान स्थलमा ५० देखि १०० र सहरीक्षेत्रमा १५० देखि २०० मतदाता परिचयपत्र वितरण भइरहेको उनले जनाए । मतदान स्थलहरुमा मतदान केन्द्र बनाउने काम पनि सबै मतदान अधिकृतहरुले धमाधम सुरु गरिसकेको कार्यालयले जनाएको छ ।