विजयपुर/धरानका सुकुम्बासी बस्तीहरुमा जनता आवास कार्यक्रमको नाममा केही राजनैतिक दलहरुले भ्रम छर्ने कार्य गरेको भन्दै धरानका मेयर तारा सुब्बाले भ्रमको पछि नलाग्न आग्रह गरेका छन् ।

मङगलबार प्रेस बिज्ञप्ति जारी गर्दै मेयर तारा सुब्बाले प्रदेस सभा र केन्द्रिय प्रतिनिधी सभा निर्वाचनमा आफ्नो पक्षमा मत तान्न सुकुम्बासी तथा दलित बस्तीहरुमा गलत र भ्रमपुर्ण गतिबिधी गरेर जनता झुक्याउने कार्य भएको भन्दै उनले त्यस्ता गतिबिधी प्रति सचेत रहन सुकुम्बासीहरुलाई आग्रह गरेका छन् ।

जनता आवास कार्यक्रम अन्र्तगत अमुख राजनैतिक दलका नेता तथा कार्यकर्ताले सुकुम्बासीको नाम संकलन गर्ने,नक्कली फारम भराउने जस्ता कार्य गरेको पाइएको भन्दै विज्ञप्तिमा त्यस्ता कार्यहरु जनतालाइ झुक्याउन खेलिएको फोहोरी खेल भएको बताइएको छ ।

अहिले धरान उपमहानगर क्षेत्र भित्र त्यस्ता कुनैपनि कार्यक्रम र योजनाहरु सञ्चालनमा नरहेको समेत विज्ञप्तिमा स्पस्ट पारिएको छ ।केन्द्रिय सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रम कुनै दलको नेता वा कुनै समुहले भनेको ठाउमा नबन्ने भन्दै उनले त्यस्ताखाले भ्रममा नपर्न सुकुम्बासीहरुलाई आग्रहपनि गरेका छन् ।

स्थानिय सरकार सञ्चालन ऐन २०७४ ले स्थानिय तहमा कुनैपनि सरकारी वा गैर सरकारी कार्यक्रम वा योजना सञ्चालन गर्दा अनिवार्य स्थानिय सरकारसँग राय,परामर्श लिई समन्वय गरेर मात्र सञ्चालन गर्न पाउने ब्यबस्था गरेको भन्दै विज्ञप्तिमा अहिले धरान नगर क्षेत्रका कुनैपनि ठाउमा जनता आवास कार्यक्रमको नाम संकलन गर्ने तथा फारम बितरण कार्य नभएको पनि विज्ञप्तिमा स्पस्ट पारिएको छ ।

अहिले बाढिएका फारम र टिपीएका नामहरु २१ गते हुन गईरहेको प्रदेस सभा तथा केन्द्रिय प्रतिनिधी सभाको दोश्रो चरणको निर्वाचनमा जनताको मत तान्नलाई गरिएको फोहोरी कार्यको रुपमा अफुले बुझेको समेत उनले बिज्ञप्तिमा उल्लेख गरेका छन् ।‘

आफुले रुचाएको उमेद्धार र राजनैतिक पार्टिलाई मतदान गर्न पाउने आफ्नो अधिकारलाई पुर्ण रुपमा उपयोग गर्नपनि म नगरबासीमा आग्रह गर्दछु’बिज्ञप्तिमा भनिएको छ ।केहि दिन अघि नेपाली काङग्रेसका केन्द्रिय सदस्य तथा बहालवाला वाणिज्य मन्त्रि मिन विश्वकर्माले जनता आवास कार्यक्रम आफुले ल्याएको भन्दै भाषण गरेका थिए ।

स्मरण रहोस जनता आवास कार्यक्रम पुर्व प्रधानमन्त्री माधब नेपालको सरकारले ल्याएको थियो ।सोमबार र मङगलबार लोकतान्त्रीक गठबन्धनकाका केही नेता र कार्यकर्ताले धरान १५ को त्रिबेणी चौक आसपासमा जनता आवास कार्यक्रम अन्र्तत घर बनाई दिने भन्दै सुकुम्बासीको नाम टिप्ने,र फारम भराउने कार्य गरेको गुनासो आएपछि स्थानिय प्रसाशन र अन्य राजनैतिक दलले त्यस क्षेत्रमा निगरानी बढाएका थिए ।

लोकतान्त्रीक गठबन्धनको निर्वाचन परिचालन समिती सुनसरी क्षेत्र नम्बर १ का सदस्य सचिव सुजेन्द्र तामाङले जनता आवास कार्यक्रम सरकारले सञ्चालन गरेकाले सरकारकै कर्मचारी गरिएर गर्न सक्ने बताए । ‘तर अहिले यस्ता खाले कार्य हुनु हुदैन,यदी कसैले गरेको भए त्यो गलत हो उनले भने ।लोकतान्त्रीक गठबन्धनको तर्फबाट त्यस्ता गतिबिधी भएका छैनन यदि भएको रहेछ भने त्यो सरासर गलत हो उनले भने ।