काठमाडौं/ नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले पहिलो चरणको चुनाव सकिएलगत्तै आफूलाई त्यो गठबन्धनबाट अलग गरेका छन्। गोरखा–२ को चुनाव नसकिँदासम्म कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा रहेका भट्टराईले पहिलो चरणको चुनाव सकिएलगत्तै मतदाताहरुलाई पत्र लेखेर आफ्नो नेतृत्वमा तेस्रो गठबन्धनको निर्माणका लागि सहयोगको अपिल समेत गरेका छन्।

[caption id="attachment_60112" align="alignnone" width="600"] फायल फाेटाे[/caption]

गोरखा–२ मा प्रतिस्पर्धा गरेका भट्टराईले पहिलो चरणको निर्वाचन अवधिभर ‘वाम–लोकतान्त्रिक’ गठबन्धनको कुरा कतैपनि गरेका थिएनन्। बरु उनी कांग्रेस नेतृत्वकै लोकतान्त्रिक गठबन्धनभित्र रहेर गोरखा–२ मा प्रतिस्पर्धा गरेका थिए। ‘वाम–लोकतान्त्रिक’ गठबन्धनको कुरा गर्दा कांग्रेसको मत नपाउने भएकाले भट्टराई मौन थिए। तर जब गोरखा–२ मा मतदान सकियो, त्यसपछि भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीकै शैलीमा मतदाताहरुलाई १४ मंसीरमा ‘हवाई पत्र’ लेखेका छन्, जसमा भनिएको छ, ‘परम्परागत ‘साम्यवादी’ र ‘पुँजीवादी’ धारलाई चुनौति दिन संसदभित्र ‘वाम–लोकतान्त्रिक’ शक्तिहरुको एक तेस्रो धारको उपस्थिति आजको ऐतिहासिक आवस्यकता हो।’ भट्टराईले तेस्रो धारको वकालत गर्नुले के देखाउँछ भने, उनी अब कांग्रेस नेतृत्वको गठबन्धनमा छैनन्। किनभने, पत्रमा उल्लेख नगरे पनि पहिलो र दोस्रो धार भनेका क्रमशः एमाले–माओवादी केन्द्र नेतृत्वको वामगठबन्धन र कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन हुन्। त्यसैले उनले, पत्रमा तेस्रो शक्ति वा धारको आवस्यकता रहेको पत्रमा उल्लेख गरेका हुन्। जारी निर्वाचनमा भट्टराई नेतृत्वको नयाँशक्तिले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग तालमेल गरेको छ। त्यसअन्तर्गत कांग्रेसले गोरखा–२ लगायत त्यसअन्तर्गतको एक प्रदेश सभा र रसुवामा पनि प्रदेश सभामा नयाँशक्तिलाई समर्थन गरेको थियो। तेस्रो शक्तिको प्रसङ्ग निकाल्दा कांग्रेसको मत नआउने भएकाले भट्टराईले आफ्नोे क्षेत्रको चुनाव सकिनासाथ तेस्रो धारणको वकालत गर्न थालेका हुन्

नेपालखबर