काठमाडौं/बुढानिलकण्ठ नगरपाकिलाको चपलीमा थापामाथि बम प्रहार भएपछि गगन थापालाई भेट्न अस्पताल पुगेका बाम उम्मेदवार राजन भट्टराईमाथी थापाका कार्यकर्ताद्वारा आक्रमण भएको छ । नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापामाथि बम प्रहार भएको घटना थाहा पाए लगत्तै सोही क्षेत्रका बाम उम्मेदवार राजन भट्टराई थापा उपचाररत अस्पतालमा पुगेका थिए।
[caption id="attachment_63072" align="aligncenter" width="800"]
स्वास्थलाभको कामना गर्न र घटनाको घोर आपत्ति गर्दै आक्रमणकारीलाई कडा कारबाही गरिनु पर्ने माग सहित थापाको स्वास्थ स्थिती बुझ्न जादा भट्टराईलाई थापा समर्थकले दुर्ब्यबहार गरेको बुझिएको छ । भट्टराईका सहयोगी पुष्प भट्टराईलाई थापाका कार्यकर्ताले कुटपिट गरेको र उम्मेदवार राजन भट्टराईलाई अभद्र व्यवहार गर्दै दुर्व्यवहार गरेका थिए ।
‘चुनावमा प्रतिष्पर्धा भनेको त आफ्नो ठाउँमा छदैँछ । म गगन थापाजीको अवस्थाको बारेमा सुन्नासाथ अस्पताल पुगेको थिएँ । तर उहाँका कार्यकर्ताहरुले मलाई धकेलाधकेल र नाराबाजी गरे । भेट्न पनि दिएनन् । मसँगै रहेका मेरा एकजना सहयोगीलाई समेत कुटपिट गरियो ।’ डा. भट्टराईले भने । थापा अस्पतालबाट डिसचार्ज भइसकेका छन् ।