काठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुले एकअर्कामा तुच्छ गाली गर्न नहुने बताएका छन् ।

[caption id="attachment_45635" align="alignleft" width="310"] प्रधानमन्त्री शेरबहादुर देउवा[/caption]

'हामी जुन लोकतन्त्रमा छौं, त्यसमा भोलिका दिनमा पनि मिलेरै जानुपर्ने हुन्छ । तुच्छ गाली गलौज नगरौं । स्वस्थ प्रतिस्पर्धा गरौं,' एक अन्तर्वार्तामा उनले भनेका छन्, 'निर्वाचन सम्पन्न भएपछि लोकतान्त्रिक नेपालमा संक्रमणकालको सफलतापूर्वक व्यवस्थापन हुँदैछ । नेपाली कांग्रेस मौसमी झार होइन, सती सालको रूख हो । हामी धेरै बोल्दैनौं तर बोलेका कुरा पूरा गर्छौं । अब विकासको युग थालनी गर्नेछौं ।'

उनले वाम गठबन्धन किन बन्यो भन्ने भित्री उद्देश्य अझै प्रस्ट नभइसकेको बताउँदै भने कम्युनिस्ट कम्युनिस्ट किन अचानक एक ? हिजो किन भएनन् ? एकाएक किन भए ? भित्री डिजाइन के छ  ? केही समयपछि स्थिति स्पष्ट होला ।

अन्न्पुर्णपाेष्ट