विराटनगर/ पर्यटकीय गन्तब्यको ठूलो सम्भावना बोकेको मोरङको सुन्दरहरैचा  नगरपालिका – ५ मा रहेको हसिना सिमसारको स्तरउन्ती, विकास गर्ने देखि संरक्षण गर्ने योजना सबै दलका उम्मेदवाले चुनावी घोषणा पत्रमा समावेश गरेका छन् । निर्वाचन सकिएपछि यी योजनाहरु एउटा चुनावी घोषणा पत्रमा मात्र सीमित बन्ने गरेको यहाँका स्थानियले गुनासो गरेका छन् । चुनाव सकिएपछि यी योजनाको नत कतै कुरा उठ्छ नत स्तरउन्नती गर्ने योजना नै बन्छ न त सिमसार संरक्षणको लागि बजेटनै बिनायोजन हुने गर्दछ । केवल सिमसारको संरक्षण गर्ने भन्दै सबै दलका उम्मेदवारहरुले आफनो घोषणा पत्रमा समावेश गरी चुनावको बेला भोट माग्ने काइदा मात्र बन्ने गरेको हसिना सिमसार व्यवस्थापन समितिका सदस्य गणेश रिजालले बताए  । ‘दोस्रो संबिधानसभाको चुनावमा यस क्षेत्रबाट उठेका उम्मेदवारले सिमसार संरक्षण गर्ने भन्दै यस्तै मिठा मिठा योजनाहरु ल्याएका थिए,’ रिजालले भने, ‘यहाँका स्थानियले भोट दिएर जिताए पनि । सिमसारको लागि न निर्वाचित भएका संसदले बजेट बिनायोजन गरे । न त उस्तरउन्नतीमा संसद कोषबाट आउने बजेट नै दिए ।’ उनी भन्छन्, ‘निर्वाचन आउँदा यस हसिना सिमसार चुनावी मुद्दा मात्र हुने गर्दछ ।’ स्थानिय तहको निर्वाचन सकिए लगतै प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुने मिति  आइसेको छ । सबै राजनैतिक दलले हसिना सिमसारलाई संरक्षण गर्ने देखि स्तरउन्नती गर्ने भनेर चुनावी घोषणा पत्रमा राखेका छन् । चुनावी एजेण्डा सुनाउँदै उम्मेदवाहरु पनि घरदैलोमा व्यस्त छन् । मोरङको निर्वाचनन क्षेत्र नम्बर ६ मा पर्ने यस सिमसार वरीपरीका स्थानिय र व्यवस्थापन समितिको एउटै माग छ  । बिगतको जस्तो घोषणा पत्रमामात्र सिमित नहोस, संरक्षणसँगै विकास र स्तरउन्नती होस्  । ४८ हेक्टर क्षेत्रफलमा फैलिएको हसिना सिमसार भित्र बिभिन्न देबीदेबताका मन्दिर, बिभिन्न प्रकारका बनस्पित, जिबजन्तु, र पंशुपक्षिहरुको बासस्थान समेत रहेको सो क्षेत्र अहिले धामिर्क पर्यटकीय क्षेत्रको रुपमा विकास भईरहेको छ । यस सिमसार भित्र एक दर्जन जति मठमन्दिरहरु छन् । सिमसार भित्र बुढासुब्बा मन्दिर, बुद्धको मन्दिर विभिन्न सामुदायको मठमन्दिरहरु रहेको छ । उनीहरुले यसलाई संरक्षण गर्न र सिमसार वरीपरी घेराबार गरी सिमसार भित्रको बाटोमा फूट ट्याग लगाउने योजनामा छन् । तर, सिमसारको प्रयाप्त आम्दानीको स्रोत र आर्थिक अभावले गर्दा उनीहरुको योजना साकार हुन सकेको छैन् । भोट माग्न आउने दलका उम्मेदहरुलाई भन्ने गरेका छन् । सिमसार स्तरउन्नती, संरक्षणमा लागि पर्ने उम्मेदवारलाई भोट दिन यहाँका स्थानिय एकजुट भएका छन् । सुन्दर हरैचा नगरपालिका ५ का हस्त बहादुर तामाङ्गले भने, ‘हामीले धेरै दलका उम्मेदवारको घोषणा पत्र हेरीम र पढीम पनि । हाम्रै भोटले जितेर संसद भए मन्त्री बने । तर, पर्यकटीय सम्भावना बोकेको हाम्रो घरआगनमा भएको सिमसार संरक्षण गर्नको लागि निर्वाचत संसदले ध्यानै परेन,’ उनी भन्छन्, ‘झूटो आसोन र घोषणा पत्रमा उल्लेख गरेको कुरा होइन सिमसार संरक्षण गर्ने प्रतिबद्ध हुनेलाई भोट दिनेछौं ।’ यस निर्वाचन क्षेत्रमा प्रमुख दलका उम्मेदवारसँगै नै प्रतिस्पर्धा हुने देखिएको छ । नयाँ संरचना अनुसार बनेको निर्वाचन क्षेत्रमा नयाँ अनुहारका शिर्ष नेताहरु चुनावी मैदानमा उत्रिएका छन् । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ को ‘क’ पर्ने सो क्षेत्रमा प्रतिनिधी सभामा काँग्रेसबाट डा. शेखर कोइराला र प्रदेशतर्फको ‘क’ मा चुमनारयण तबदार छन् भने बामगठबन्धनको तर्फबाट प्रतिनिधी सभामा लालबावु पण्ति र प्रदेशतर्फको ‘क’ मा जीवन आचार्य । यी दुई पार्टी बिचनै तिब्र प्रस्तिपर्धा हुनेछ । निर्वाचन पछि यस वडाका मतदाताहरुले नयाँ प्रतिनिधी पाउने भएकोले हसिना सिमसार विकाससँगै स्तरउन्नतीमा हुनेमा आशा गरेका छन् ।