विराटनगर/मोरङको सुन्दरहरैचा नगरपालिका– ५ को पर्यटकीय गन्तब्य हसिना सिमसारको स्तरोन्नती, विकास गर्नेदेखि संरक्षण गर्ने योजना सबै दलका उम्मेदवारको चुनावी घोषणा पत्रमा समावेश छ ।
[caption id="attachment_62909" align="alignnone" width="2048"]
पर्यटकको लागि नौका बिहार गर्ने हसिना सिमसार । तस्विरः अनिल श्रेष्ठ[/caption]
तर, उम्मेदवारले त्यो गर्लान्, स्थानीयलाई विश्वास छैन । यी योजना चुनावी घोषणा पत्र मात्रै हो भन्ने स्थानीयलाई लाग्छ । चुनाव सकिएपछि यी योजनाको न त कतै कुरा उठ्छ न त स्तरउन्नती गर्ने योजना नै बन्छ । न त बजेट नै छुट्टिन्छ । भोट माग्न मात्रै घोषणा पत्र बन्ने गरेको हसिना सिमसार व्यवस्थापन समितिका सदस्य गणेश रिजाललाई लाग्छ ।
‘दोस्रो संबिधानसभाको चुनावमा यस क्षेत्रबाट उठेका उम्मेदवारले सिमसार संरक्षण गर्ने भन्दै यस्तै मिठा मिठा योजनाहरु ल्याए,’ रिजालले भने, ‘यहाँका स्थानीयले भोट दिएर जिताए पनि । सिमसारको लागि न निर्वाचित भएका संसदले बजेट छुट्टाए । न उस्तरउन्नतीमा संसद कोषबाट आउने बजेट नै दिएँ ।’ उनी थप्छन्, ‘निर्वाचन आउँदा यस हसिना सिमसार चुनावी मुद्दा मात्र हुन्छ ।’
चुनावी एजेण्डा सुनाउँदै उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा पर्ने यस सिमसार वरीपरीका स्थानीय र व्यवस्थापन समितिको एउटै माग छ–‘बिगतको जस्तो घोषणा पत्रमामात्र सिमित नहोस, संरक्षणसँगै विकास र स्तरउन्नती होस् ।’
४८ हेक्टर क्षेत्रफलमा फैलिएको हसिना सिमसार भित्र बिभिन्न देबीदेबताका मन्दिर, बिभिन्न प्रकारका बनस्पती, जीवजन्तु, र पंशुपक्षीहरुको बासस्थान समेत रहेको सो क्षेत्र धामिर्क पर्यटकीय क्षेत्रको रुपमा विकास भईरहेको छ । यस सिमसार भित्र एक दर्जन जति मठमन्दिरहरु छन् । सिमसार भित्र बुढासुब्बा मन्दिर, बुद्धको मन्दिर विभिन्न सामुदायको मठमन्दिरहरु छ । उनीहरुले यसलाई संरक्षण गर्न र सिमसार वरीपरी घेराबार गरी सिमसार भित्रको बाटोमा फूट ट्याग लगाउने योजनामा छन् । तर, सिमसारको प्रयाप्त आम्दानीको स्रोत र आर्थिक अभावले गर्दा उनीहरुको योजना साकार हुन सकेको छैन् ।
सिमसार स्तरउन्नती, संरक्षणमा लागि पर्ने उम्मेदवारलाई भोट दिन यहाँका स्थानीय एकजुट भएका छन् । सुन्दर हरैचा नगरपालिका ५ का हस्तबहादुर तामाङ्गले भने, ‘हामीले धेरै दलका उम्मेदवारको घोषणा पत्र हेरीम र पढीम पनि । हाम्रै भोटले जितेर संसद भए, मन्त्री बने । तर, पर्यकटीय सम्भावना बोकेको हाम्रो घरआँगनमा भएको सिमसार संरक्षणको लागि निर्वाचित संसदले ध्यानै परेन ।’ उनी थप्छन्, ‘झूटो आसोन र घोषणा पत्रमा उल्लेख गरेको कुरा होइन सिमसार संरक्षण गर्ने प्रतिबद्ध हुनेलाई भोट दिनेछौं ।’
यस निर्वाचन क्षेत्रमा प्रमुख दलका उम्मेदवारहरु बीच नै प्रतिस्पर्धा हुने देखिएको छ । नयाँ संरचना अनुसार बनेको निर्वाचन क्षेत्रमा नयाँ अनुहारका शिर्ष नेताहरु चुनावी मैदानमा उत्रिएका छन् । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ को ‘क’ पर्ने सो क्षेत्रमा प्रतिनिधी सभामा काँग्रेसबाट डा. शेखर कोइराला र प्रदेशतर्फको ‘क’ मा चुमनारायण तबदार छन् भने बामगठबन्धनको तर्फबाट प्रतिनिधी सभामा लालबावु पण्डित र प्रदेशतर्फको ‘क’ मा जीवन आचार्य । यी दुई पार्टी बीचनै तिब्र प्रस्तिपर्धा हुँदै छ । फेरि पनि यी उम्मेदवारहरुले झुटो आश्वासन बाड्लान कि भन्ने चिन्ताले स्थानीय पिराेलिएका छन् ।