काठमाडाैं । दोस्रो चरणको चुनावमा दलहरुबीचको गठबन्धनले शीर्ष र चर्चित नेताको क्षेत्र पेचिलो बन्दै गएको र चुनावमा रोचक भिडन्त हुने भएकाे छ ।

त्यससँगै चुनावमा सुरक्षा चुनौती बढेपछि रणनीति परिवर्तन गरिएको विषयलाई प्राथमिकता दिइएको छ । सुरक्षाकर्मी थप सशक्त रुपमा प्रस्तुत हुने, चेकजाँच र खानतलासी बढाउने, अनुसन्धानमा थप जनशक्ति परिचालन गर्ने र सुरक्षा निकायहरुबीच समन्वय बढाउने निर्णय सरकारले गरेको समाचारमा उल्लेख छ । हाल निर्वाचनमा एक लाख ७७ हजार सुरक्षाकर्मी परिचालित छन् । र चुनाव विरोधी गतिविधिमा संलग्न भएको भन्दै पक्राउ पर्नेहरु ९९ प्रतिशत विप्लव माओवादीका रहेका छन् ।