काठमाडौं/ अस्ट्रेलियाको भिक्टोरिया राज्य इच्छामरणलाई कानूनी हैसियत दिने त्यहाँको पहिलो राज्य बनेको छ ।

[caption id="attachment_62322" align="aligncenter" width="624"] फायल[/caption]

यो ऐतिहासिक कानून सय घन्टाको कडा बहसपछि पारित गरिएको थियो । यसका लागि सांसदहरू दुई रात पनि बसेका थिए । अस्ट्रेलियाको दोस्रो धेरै जनसंख्या भएको राज्यमा दीर्घरोग लागेका मानिसलाई सन् २०१९ को मध्यतिरबाट विष प्रयोग गरेर मृत्युवरण गर्न छुट मिलेको छ । यस्तो इच्छा राख्ने मानिस कम्तीमा १८ वर्षको हुनुपर्छ र ६ महिनाभन्दा कम बाँच्ने स्थितिमा हुनुपर्छ । ‘हामीहरूले करुणालाई संसदीय र राजनीतिक प्रक्रियाको केन्द्रमा राखेकोमा मलाई गर्व लागेको छ,’ राज्यका प्रमुख डेनियल एन्ड्रुजले भने । चरम पीडामा भएका बिरामीहरूका लागि यो कानून बनेको हो । यसमा ६८ वटा सुरक्षाउपाय छन्, जसमा स् रोगीले आफ्नो जीवन अन्त्यका लागि विशेष तालिम पाएका चिकित्सकहरूलाई तीनवटा अनुरोध गर्नुपर्छ ।

एक विशेष बोर्डले सबै मुद्दाको समीक्षा गर्नुपर्छ ।  बिरामीहरूलाई जीवन अन्त्य गर्नका लागि दबाब दिनु अपराध हुनेछ । यसका साथै बिरामीहरूले भिक्टोरियामा कम्तीमा १२ महिना बसेको हुनुपर्छ र मानसिक रूपमा सद्दे हुनुपर्छ । मल्टीपल स्क्लेरोसिस र एएलएसजस्ता गम्भीर रोग लागेका बिरामीहरूले १२ महिनाको जीवनअवधि बाँकी हुँदा इच्छामरणको स्वीकृति पाउनेछन् । यससम्बन्धमा बहस हुँदा एउटा सत्र २६ घन्टासम्म तानिएको थियो भने अर्को चाहिँ २८ घन्टा लम्बिएको थियो । विधेयकलाई अन्ततोगत्वा संशोधनसहित बुधवार पारित गरियो ।

बीबीसीबाट