धरान । लोकतान्त्रिक गठबन्धनका तर्फबाट सुनसरी निर्बाचन क्षेत्र नम्बर १ (क) बाट प्रत्यक्ष तर्फका साझा उमेद्वार किशोर राइले बिगतदेखि अहिलेसम्म धरानलाइ एक नम्बर प्रदेशको राजधानी बनाउन धराने जनताको तर्फबाट मन्त्रालय र आयोगमा एकचालीस वटा निबेदन परिसकेको बताउनु भएको छ । मंगलबार धरान उपमहानगरपालिका वडा नम्बर पन्ध्रमा आयोजित घर दैलो कार्यक्रमा पछी भएको कोणसभालाई सम्बोधन गर्दै राइले नेपाली कांग्रेसको पहलमा उद्योग बाणिज्य संघ लगायत आफुहरुले धराने जनताको तर्फबाट धरानलाइ राजधानी बनाउन इमानदार प्रयास गरेको बताउनु भएको छ । उहाले भन्नुभयो, “बाणिज्य मन्त्रि मिन बिश्वकर्माले काठमांडूमा गर्नु भएको अथक मेहनत र खेल्नु भएको प्रभाबकारी भूमिकाले गर्दा आयोगमा एक नम्बर प्रद्देशको प्रस्तावित राजधानीको रुपमा धरानको नाम दर्जा भएको  छ ।“ धरानलाई राजधानी बनाउन नेपालि कांग्रेसले स्थानीय स्तर देखि केन्द्रीय नेता , मन्त्रि सम्मले नै गरेको प्रयासले गर्दा आयोगले १ नम्बर प्रदेशको सम्भावित राजधानीको रुपमा धरानलाई राखेको सन्दर्भमा स्थानीय तहमा रहेका एमालेका नेता र एमाले पार्टीको धरानको  नेत्रित्वले हदै सम्मको असहयोग र बिरोध गरिरहेको बताउनुभएको छ । कम्युनिस्टहरु अभाब र गरिबीमा मात्र फस्टाउने र अभाब र गरिबी भएको ठाउमा मात्र उनीहरुको राजनीति टिकिरहने भन्दै नेता राइले भन्नु भयो, “ धरान राजधानी हुदा धरानको बिकास हुने र स्थानीय जनताको जिबन स्तर उकासिने भएकाले धरानलाई राजधानी बनाउने कुरामा कम्युनिस्टहरुले असहयोग र बिरोध गरेका हुन् । “ आयोगले धरानलाई प्रस्तावित राजधानी तोकेको सन्दर्भ दोहोर्याउअनु हुदै प्रदेश उमेद्वार राइले धरानको स्थानीय सरकारको अभिभाबक भएर बसेकाहरुले धरानलाई राजधानी बनाउन एउटा निर्णय सम्म पनि गर्न नसकेकाले देख्दा आफुलाई अचम्म लागेको बताउनु भएको छ । राइले भन्नुभयो, “ एमालेले धरानलाई राजधानी बनाउन सहयोग नगरेर घुमाउरो तरिकाले बिरोध र असहयोग गरिरहेको छ ।“   उहाले अगाडी भन्नु भयो, “ यसै बाट थाहा हुन्छ  धरानको बिकाश नचाहनेहरुले धरानमा राजधानिको प्रसंग आउने बित्तिकै घुमाएर बिरोध गर्छ ।“ धरानलाई राजधानी बनाउन धरानको एतिहासिक आधार,भौतिक पूर्वाधार , भौगोलिक अवस्था, मौसम र यातायातको हिसाबले सबैको सहज पहुचमा रहेको स्थान भएकाले धरान उपयुक्त भएको जिकिर गर्नु भयो । तीनसय बर्ष अगाडी पनि धरान पूर्वमा टिस्टा देखि पश्चिममा कमला नदीको सम्मको क्षेत्रको राजधानी भएको इतिहास स्मरण गर्नु हुदै  नेपालि कांग्रेस सुनसरी क्षेत्र नम्बर १ ९क ०का प्रत्यक्ष उमेद्वार राइले राजधानीको लागि धरानको बलियो एतिहासिक आधार पनि रहेको बताउनुभयो ।  पंचायतकालमा समेत धरान पूर्वको केन्द्र रहेको स्मरण गर्नु हुदै उहाले पछिल्लो तिस बर्षमा एमालेकै पंग्गु नेतृत्वका कारणले धरानले आफ्नो गौरब र साख गुमाएको बताउनु भयो । धरानको त्यो गौरब र साख फर्काउन र बिगतको क्षतिको भरपाई गर्न अब धराने जनताले धरानको नेतृत्त्व फेर्नुपर्छ । धरानका जनताको बिकाशको चाहनालाइ मुर्त रुप दिन लोकतान्त्रिक गाथा बन्धनको तर्फबाट रास्ट्रीय व्यक्तित्त्व अशोक कुमार राई र मा किशोर राई जनता माझा आएको उल्लेख फार्दै धरान कांग्रेसका पूर्व नगर अध्यक्ष समेत रहेका उमेद्वार राईले आफुहरुलाई एकपटक काम गर्ने मौका दिन आग्रह गर्नु भएको छ ।