सुनसरी । प्रदेश नम्वर एकको सात जिल्लामा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागी सुरक्षा ब्यावस्था कडा बनाईएको छ । ठाउँ ठाउँमा विस्पोटक पदार्थ पड्कन थालेको भन्दै प्रहरीले उम्मेदवारहरुलाई विशेष सुरक्षा मिलाउँन थालेको हो । उम्मेदवारलाई प्रहरीको सुरक्षा सहित कार्यकक्रा स्थल र निवासमा समेत गरी २४ घण्टा सुरक्षा दिन थालेको प्रदेश नम्वर एक प्रहरीले जनाएको छ । पार्टीका कार्यकर्ताहरुको झडप, अपराधिक समुहको गतिविधि, विप्लप माओवादीको चुनाव भाड्ने रणनिति तथा अवैध हातहतियारलाई सुरक्षानिकायले चूनौतिका रुपमा लिएको प्रदेश नम्वर एक प्रहरीका प्रवत्ता शिव पोखरेलले वताए । प्राय सबै उम्मेदवारहरुलाई सुरक्षा ब्यावस्था मिलाईएको छ उनले भने । उम्मेदवारको निवास तथा उनीहरुले गरेको कार्यक्रममा समेत सुरक्षा ब्यावस्था मिलाईएको उनको भनाई थियो । विप्लप माओवादीको सुरक्षा थ्रेड बढे सँगै सुरक्षा ब्यावस्था कडा बनाइएको उनको भनाई छ । जिल्ला प्रहरी कार्यलय सुनसरीका डिएसपी नारायण चिमरियाले उम्मेदवारहरुको सुरक्षा ब्यावस्था कडा बनाईएको वताए । उनले सुनसरीका प्राय सबै उम्मेदवारहरुलाई सुरक्षा दिएको जनाए । उनले भने चुनावी माहोललाई लिएर हुन सक्ने अपराधिक गतिविधि रोक्न प्रहरीले विशेष अभियानका साथ सुरक्षा ब्यावस्था कडा बनाईको छा डिएसपी चिमरियाले भने । सिमा जोडिएका जिल्लाहरुमा समेत विशेष निगरानी बढाईएको उनको भनाई थियो । विभिन्न ठाउँमा बमहरु पड्कन थालेको भन्दै उम्मेदवारहरुलाई विशेष सुरक्षा ब्यावस्था गरेको उनको नभाई थियो । प्रदेश नम्वर एकको ३ हजार ७ सय ४३ मतदान स्थल मध्ये अधिकांस मतदान केन्द्र सुरक्षाको हिसावले सम्वेदनशिल रहेको प्रदेश नम्वर एक प्रहरीले जनाएको छ । १ हजार ५ सय ५ मतदान केन्द्र सामान्य रहे पनि  १ हजार ५ सय १६ मतदान केन्द्र सम्वेदनशिल र ७ सय २२  वटा मतदान केन्द्र अति सम्वेदनशिल रहेको छ । प्रहरीले उक्त मतदान केन्द्रहरुमा विशेष सुरक्षा परिचालन गर्ने समेत जनाएको छ । शशस्त्र प्रहरीका डिआईजी जानकी भट्टराईले शशस्त्र प्रहरीहरु सिमामा तैनाथ खटिनुका साथै सुरक्षा ब्यावस्था कडा बनाईएको वताए । प्रदेश नम्वर एक अन्तरगत आगमी २१ गते हुने सुनसरी,मोरगं,झापा,धनकुटा,तेह्थुम,इलाम र उदयपुर जिल्लामा २९ लाख ९४ हजार २ सय ७ जना मतदाता रहेका छन । भारत संग जोडिएको मतदानस्थलहरु खुल्ला सिमानाका कारण सम्वेदनशिल रहेको भन्दै त्यस्ता केन्द्रहरुमा धेरै सख्यामा सुरक्षाकर्मीहरु खटाइएको प्रहरील जनाएको छ । निर्वाचनका लागी जिल्लामा करीव ४० हजार सुरक्षाकर्मी परीचालन भएका छन । निर्वाचनको तयारी अन्तीम चरणमा पुगे सँगै १३ हजार ६ सय ९ नेपाल प्रहरी ,११ ह्जार ४ सय ६८ म्यादी प्रहरी, शशस्त्र प्रहरी वल नेपाली सेना गरी प्रहरी परिचलान भएको प्रदेश नम्वर एक प्रहरीले जनाएको छ ।