एकयुवतिसहित तीन पक्राउ
- मंसिर १२, २०७४
- ब्लाष्ट खबर
धरान/मोरङको बुढीगंगा गाउँपालिका ४ बाट प्रहरीले सोमबार राती एक युवतिसहित तीनजनालाई लागूऔषध पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको टोलीले ईटहरी उपमहानगरपालिका १८ का २१ वर्षीय संगीता मल्लिक, झापा दमक नगरपालिका–१ का २७ वर्षीय आशिष पाठक, र मोरङ सुन्दरहरैचा नपा–४ का २२ वर्षीय सुमन बिकलाई पक्राउ गरेको हो ।
मे ८ प ९३७२ नम्बरको मोटरसाईकलमा सवार पाठक र बिकको साथबाट एभिल ४० एम्पुल, डाईजेल्याब ४० एम्पुल, लुपिजेसिक ४० एम्पुल र फेनारगन ४८ एम्पुल बरामद गरेको छ । त्यस्तै बिकको साथबाट डाईजेल्याब ४ एम्पुल, लुपिजेसिक ४ एम्पुल, एभिल ४ एम्पुल र फेनारगन ४ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ । इप्रका निमुवाले उनीहरुलाई अनुसन्धान गरिरहेको छ ।